काँगेलमा जहाज मर्मत जारी


सोलुखुम्बु, जेठ २१
लालबहादुर गुरुङ/सोलु समाचार साप्ताहिक
गत बैशाख ६ गतेदेखि सोलुखुम्बुको काँगेल डाँडामा बिग्रिएर बसेको नेपाल एयरलायन्सको र्टर्ुइनअटर बिमानको अहिले धमाधम मर्मत कार्य भईरहेको छ । दर्ुगम क्षेत्रमा रहेको बिमानस्थलमा बिमान बिग्रिएका कारण धेरै पटक प्राबिधिक टोली परिवर्तन भई अहिले बिमान मर्मतको कार्य भईरहेको हो । मौसम लगायत अन्य कुराले साथ दिए आगामी सोमबारदेखि बिमान सञ्चालन हुन सक्ने सम्भावना रहेको बिमान मर्मतमा सम्लग्न नेपाल एयरलाइन्स काँगेलका इन्चार्ज दीपक खड्काले जानकारी दिनुभएको छ ।
बैशाख ६ गते सोमबार बिहान करिब १०ः३० बजे काठमाण्डौबाट सोलुखुम्बुको फाप्लु बिमानस्थलका लागि उडेको नेपाल एयरलायन्सको ढल्ब्द्यहृ र्टर्ुइनअटर बिमान फाप्लु बिमानस्थलमा हावाको कारण अवतरण गर्न नसकेपछि ३ मिनेटको हवाई दुरीमा रहेको काँगेलमा अवतरण गराउने क्रममा सामान्य दर्ुघटनामा परेको थियो । सो दिन हावाको चापका कारण बिमान अवतरण गर्ने क्रममा धावनमार्गमा बिमान बम्पिङ भएर अगाडीको टायर र स्ट्याण्डमा प्वाल पर्न गई भित्र दबिएर क्षति ग्रस्त हुन पुगेको नेपाल एयरलायन्सले जनाएको छ ।
बिमान दर्ुघटनामा परेपछि तत्काल त्यसै दिन ५ जनाको प्राबिधिक टोली बिमान मर्मत गर्न आएको भएपनि सामाग्री अभाबको कारण बिमान मर्मत हुन सकेको थिएन । त्यसै गरी दोश्रो पटक बैशाख १३ गते सोमबार पुनः बिमान मर्मतका लागर्ीर् इन्जिनियर सहितको ८ जना प्राबिधिक टोली काँगेल बिमानस्थलमा आई बिमान मर्मतको प्रयास गरिए पनि सामाग्री अभाबकै कारण बिमान संचालनमा आउन सकेन । बिमान दर्ुघटनामा परेको करीब डेढ महिना पश्चात गत जेठ १२ गतेबार्टर् इन्जिनियर बद्रीबहादुर कार्की, रामप्रसाद भण्डारी, शंकर थापा, पुन्यरत्न शाक्य, रमेश गौतम सहितको प्राबिधिक टोलीले चार्टर मार्फ समान ल्याई मर्मत गरिरहेको छ । छोटो धावन मार्ग, मौसममा खराबी तथा नागरीक उड्ययन प्राधिकरणका कर्मचारी नहुँदा सो बिमान दर्ुघटनामा परेको कागेल डाँडा बिमानस्थलका नेपाल एयरलायन्सका सहर्-इन्चार्ज नारायण कार्कीले जानकारी दिनु भएको छ ।
क्याप्टेन दीपेन्द्र प्रधान -डी.प्रधान) को नेतृत्वमा फाप्लुका लागि उडेको सो बिमान आकस्मिक अवतरणका क्रममा काँगेल डाँडा पुगेको थियो तर त्यहाँ नागरिक उड्ययन प्राधिकरणका कर्मचारी नहुँदा बिना सर्म्पर्क नै विमानबाट नै हवाईमार्गको निरिक्षण गरी फोर्स ल्याण्डिङ गरेको बताईएको छ । यसअघि पनि प्राधिकरण कर्मचारी तथा बिमानको अभाब, मौसम र प्राबिधिक गडबडीका कारण काँगेल डाँडा बिमानस्थलमा  यात्रुहरुले सास्ती बेहोर्दै आएका छन् ।
नेपाल एयरले उडान भर्न शुरु गरेको ३ महिना पनि बित्न नपाउदै नागरिक उड्ययन प्राधिकरणका कर्मचारी शरदसिंह चौधरी उपचारका लागि भन्दै काठमाण्डौ गएपछि पुनः नियमित उडान तालिका प्रभाबित बन्न पुगेको छ । हाल सो बिमानस्थलमा नेपाल एयरलायन्सले हप्ताको ३ पटक सोमबार, बुधबार र शुक्रबार उडान भर्दै आएको छ । तर नागरीक उड्डयन प्राधिकरण काँगेलमा कर्मचारी नहुँदा सुरक्षाको कारण देखाउदै तारा एयरले पनि आफ्नो उडान बन्द गरेको थियो ।
हवाई सेवा अबरुद्ध भएपछि स्थानिय मानिसहरुको आग्रहमा नागरिक उडयन प्राधिकरण्को कर्मचारीको ब्यवस्था भए पश्चात् गत माघ २९ देखी नेपाल एयरलायन्सले उडान भर्न शुरु गरेको थियो । उडान तालिका प्रभावित भएपछि काँगेलबाट हवाईसेवा प्रयोग गरिरहेका सोलुखुम्बुको काँगेल, नेले, पञ्चन, गार्मा, तिंला, सल्यान, मुक्ली, नेचा, जुबु, लाखिम, देउसा, सोताङ्ग, बुङ्ग, छेस्काम, काँकु तथा खोटाङ्ग जिल्लाको महेश्वरी, जलेश्वरी ऐंसेलर्ुखर्क लगायत गाविसका यात्रुहरु प्रभाबित बनेका छन् । बिमान आउने आशमा २/३ दिन हिँडेर आएका तथा बाकेर ल्याईएका अशक्त बिरामी तथा गन्तव्य तय गरी हिडेंका यात्रुहरु यस्तो अवस्थामा धेरै अलपत्र परेका छन् । यसरी सरकारले करोडांै लगानी गरी नियमित कार्य संचालनका लागि बिमानस्थलमा कर्मचारीको ब्यवस्था गर्दा पनि लापरबाहीको हद नाघी रहेको प्रष्ट देखिन्छ । यस्तो अवस्थामा सम्बन्धित पक्ष तथा जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु पनि सुस्ताएको स्थानीय र्सवसाधारणको गुनासो रहेको छ ।
यसरी सबैतिरबाट अपहेलित भएको यस बिमानस्थलले सरकारी पक्ष, देशका राजनैतिक दल तथा शुभचिन्तकहरुको सहयोग पाए ठुलो पर्यटनको सम्भावना बोकेको छ । पर्यटनको क्षेत्रबाट हर्ेदा हाल यहाँबाट पदयात्राको लागी नेले, काँकुको अधेरी, खरिखोला, लुक्ला, नाम्चे हुँदै बेस क्याम्पसम्मको मार्ग रहेको छ । यस बिषयमा भाषण मात्र सुनिएको तर ब्यबहारमा कतै पनि प्रयोग भएको छैन ।
बिमानस्थल संचालनमा आएपछि धेरै सपना सजाएर होटल तथा ब्यापार ब्यवसाय शुरु गरेको मानिसहरु त्यस पेशालाई निल्नु र ओकल्नुको दोसाँधमा रहेका छन् । अनि गुरु योजना बनाई नयाँ पर्यटकीय बाटोको सपना मात्रै भएको छ । त्यसैले अब यस तर्फध्यान केन्द्रित गरेर बिमानस्थलको मात्र हैन पर्यटनलाई नै सघाउ पुग्ने गरी केही ठोस कार्य गर्ने हो की -

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s