अर्जेन्टिनाले दोश्रो चरणको खेलमा आइतबार राति मेक्सिकोलाई हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ । दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित सकरसिटी रंगशालामा स्टार खेलाडीले भरिएको अर्जेन्टिनाले पहिलो हाफअघि नै लगातार दुई गोल गरी मेक्सिकोलाई दबाबमा राख्यो । अर्जेन्टिनाको जीतमा कार्लोस् टेभेजले दुई गोल गरे । मेसीको पासलाई सदुपयोग गर्दै टेभेजले खेलको २५ औं मिनेटमा गोलको खाता खोलेका थिए भने पहिलो हाफपछिको ५२ औं मिनेटमा अर्को गोल थपे । अर्जेन्टिनाले खाता खोलेको सातौं मिनेटमा गोन्जालो हिगुइनले पुनः दोश्रो गोल थपेका थिए । पहिलो हाफअघि शुन्यको स्थितिमा रहेको मेक्सिकोले हाफपछि सान्त्वना एक गोल गर्न भ्यायो । मेक्सिकोका जवियर हेरान्देजले पहिलो हाफपछिको ७१ औं मिनेटमा गोल गरे । दोश्रो चरणको विजयसँगै क्वार्टरफाइनलमा अर्जेन्टिनाको भेट जर्मनीसँग हुने छ । आइतबार राति भएको पहिलो खेलमा इंग्ल्याण्डलाई ४-१ ले हराउँदै जर्मनी अन्तिम आठमा प्रवेश गरेको थियो ।

Nagarik News- An error has occurred; the feed is probably down. Try again later.
नागरिक मुख्य समाचार- पूर्वसभासदको आक्रोश आफ्नै नेतामाथि May 30, 2012
- राष्ट्रसंघको सुरक्षा परिषदमा नेपालको चर्चा May 30, 2012
- नेपालको परिस्थितिबारे राष्ट्रसंघीय सुरक्षा परिषद्मा छलफल May 30, 2012
-
भर्खरै
Time
-
सोलु समाचार साप्ताहिक
- 20,450 पटक क्लिक भयो

